जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ७ लघु बीमालाई ४५ दिनभित्र पुँजी पुर्‍याउन निर्देशन,

७ लघु बीमालाई ४५ दिनभित्र पुँजी पुर्‍याउन निर्देशन,

नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ। सात कम्पनीलाई ४५ दिनभित्र पुँजी जुटाउन निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए।

प्राधिकरणले तोकेको समयभित्र पैसा जम्मा गरेर आए कम्पनीहरुले लाइसेन्स पाउँछन्,’ उनले भने। कम्पनीहरुलाई केही दिनअघि नै पुँजी पुर्‍याउन निर्देशन दिइसकेको उनले बताए। लघु बीमा कम्पनी संचालन गर्न विभिन्न प्रक्रिया छन्।

हाल छनोट भएका लघु बीमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर आएपछि चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिइएको अध्यक्ष सिलवालले बताए। ‘पुँजी पुर्‍याएपछि मात्र प्राधिकरणले लाइसेन्स दिनेछ। अनि कारोबार सुरु गर्न समय तोकिने छ,’ अध्यक्ष सिलवालले भने।

लघु बीमा कम्पनी संचालन गर्न करिब ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने प्रावधान छ। कम्पनीहरुले संस्थापक समूह तर्फको ७० प्रतिशत पुँजी जुटाउनुपर्ने नियम छ।

प्राधिकरणले सातै प्रदेशमा नयाँ लघु बीमा कम्पनीको लाइसेन्सका लागि आह्‍वान गरेको थियो। जसमा ३१ वटा कम्पनीको आवदेन पर्दा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा गरी ७ वटाले गत मंसिरमा अनुमति पाएका हुन्।

अनुमति पाउनेमा गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन्।

निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छन्। सो कम्पनीहरुले हालसम्म चुक्ता पुँजी नजुटाई बसेपछि प्राधिकरणले थप समय दिएको हो।

1715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका