जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • हिमालयन बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

हिमालयन बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ निष्कासन गर्ने भएको हो। यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।

यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृतिपश्चात निष्कासन गरिनेछ।

काठमाण्डौको कमलादीस्थित मुख्य कार्यालय रहेका हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखामार्फत कारोबार गर्दै आएको छ। बैंकडले उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।

2970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका