Sticky Breaking News
एनआईसी एशिया बैंक लगायत ८ बैंकको खराब कर्जा ४ प्रतिशत माथीः राष्ट्र बैंक बेखबर !

नेपालका २० वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो मात्रै छैन । कुनै बेला नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने अवस्थामा पुगेको देखिन्छ । २० वाणिज्य बैंक मध्ये पटक÷पटक विवादमा फस्दै आएको रोशन कुमार न्यौपाने सिइओ रहेको एनआईसी एशिया बैंकको खराब कर्जा अत्याधिकरुपमा बढेको उसकै वित्तिय विवरणबाट प्रस्ट देखिन्छ । सबै भन्दा कम खराब कर्जा भेन्ट्रान बैकर सुदेश खालिङ्ग सीइओ रहेको एभरेष्ट बैंकको भेटिएको छ । भन्दा फरक पर्दैन । गत आर्थिक वर्ष २०८०÷०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा बढेको भेटिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार १४ वाणिज्य बैंकको खराब बढेको छ भने ६ बैंकको भने घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको पंक्तिकारसंग बताए । गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताए । कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा अत्यधिक बढेको देखिन्छ । एनआईसीको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ०.७९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आर्थिक वर्षको सोहि अवधिमा ०.७१ प्रतिशत रहेको छ । खराब कर्जा कम हुने बैंकको दोस्रो स्थानमा सानिमा बैंक १.७३ प्रतिशत, तेस्रोमा नेपाल एसबिआई बैंकको २ प्रतिशत, चौथोमा स्टान्टर्ड चार्टर्ड बैंकको २. १४ प्रतिशत, पाँचौमा सिद्धार्थ बैंकको २.२२ प्रतिशत रहेको छ । यस्तै एनएमबि बैंकको ३.२७ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत, कृषि विकास बैंकको ३.४४ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत रहेको छ ।

यसैगरी नबिल बैंकको ३.८५ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत, प्राइम बैंकको ४.६७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्रभु बैंकको ४.७८ प्रतिशत, हिमालयन बैंकको ४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.९५ प्रतिशत र कुमारी बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ ।नेपाल राष्ट्र बैंकले खराब कर्जा ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको पंक्तिकारसंग बताए । गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताए । कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए । तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए ।
के हो खराब कर्जा ?
खराब बैंकको काम खराब सम्पत्तिलाई असल सम्पत्तिमा परिवर्तन गर्नु हो । खास गरी बैंकहरूमा हुने खराब कर्जाहरूलाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो । त्यसैले यस्ता ‘खराब बैंक’ले अन्य बैंकहरूले जस्तो निक्षेप स्वीकार गर्ने र ऋण प्रदान गर्ने काम गर्दैन । वास्तवमा समग्र बैंकहरूको खराब कर्जाको व्यवस्थापन गर्ने अभिभारा बोकेको कारण मात्र यसलाई खराब बैंक भनिएको हो । भन्दा फरक पर्दैन । भन्नलाई ‘खराब बैंक’ भनिए पनि भारतमा स्थापना गर्न प्रस्ताव गरिएको यस्तो कम्पनीको औपचारिक नाम ‘पुनर्निर्माण तथा सम्पत्ति व्यवस्थापन कम्पनि’ भएबाट पनि यसले बैंकिङ कारोबार नगर्ने कुरा स्पष्ट हुन्छ ।
मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो ।
विश्व बैंकिङ इतिहासमा सबैभन्दा पहिला खराब बैंकको अवधारणालाई कार्यान्वयन गर्न श्रेय भने अमेरिकी ‘मेलन बैंक’लाई जान्छ । यो बैंकले सन् १९८८ मा स्थापना गरेको ‘ग्रेट स्ट्रीट नेसनल बैंक’लाई खराब बैंकको एउटा राम्रो उदाहरणका रूपमा लिइन्छ । यो ‘खराब बैंक’ले मेलन बैंकको १ अर्ब डलर बराबरको खराब कर्जालाई किनेको थियो । मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो । पछि, स्वीडेन, फिनल्यान्ड, फ्रान्स, जर्मनीजस्ता यूरोपका कतिपय सशक्त अर्थतन्त्रहरूमा समेत यस्तै खाले बैंकहरू स्थापना गरिएका थिए । आइरल्यान्डले पनि राष्ट्रिय अर्थतन्त्र मन्दीमा गएको बेला सन् २००९ मा यस्तै ‘खराब बैंक’ को स्थापना गरेको थियो । सचेत भया ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































