जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुले गरे ८३ अर्बबढी बीमाशुल्क संकलन

जीवन बीमा कम्पनीहरुले गरे ८३ अर्बबढी बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको माघ त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८३ अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीहरुले ८३ अब ३९ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यसअवधिमा कम्पनीहरुले एक करोड ४२ लाख ६० हजार १३९ बीमालेख जारी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले गत माघ महिनामा ११ अर्ब ७३ करोड ९३ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले १० लाख २७ हजार ७३४ बीमालेख जारी गरेका छन् ।

गत पुस महिनाको तुलनामा उक्त बीमाशुल्क ३.३६ प्रतिशतले घटेको छ । जबकी गत पुस महिनामा बीमा कम्पनीहरुले ११ लाख ४४ हजार ८५४ बीमालेख जारी गरी १२ अर्ब १३ करोड ५८ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेका थिए ।,

बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत माघ मसान्तसम्म सबैभन्दा बढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा ९ लाख ५७ हजार ४६७ वटा बीमालेख बिक्री गरी २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४८ करोड २८ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ८ अर्ब ९८ करोड ३१ लाख, लाइफ इन्स्योरेन्स कर्पोरशेनले १० अर्ब २२ करोड ६० लाख, मेट लाइफ इन्स्यारेन्सले २ अर्ब ९० करोड ३० लाख र एशियन लाइफ इन्स्यारेन्सले ४ अर्ब १० करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

गुँरास लाईफ इन्स्यारेन्सले एक अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्राइम लाइफ इन्स्यारेन्सले एक लाख ७२ हजार ४१ वटा बीमालेख जारी गरेर दुई अर्ब ६३ करोड ५ लाख रुपैयाँ बीमाशुल्क कमाएको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई अर्ब ३२ करोड ४ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन दुई लाख ४४ हजार २३५ वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यसैगरी, यस अवधिमा युनियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४ करोड १७ लाख  र सन नेपाल लाइफ इन्स्यारेन्सले दुई अर्ब २९ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांकमा उल्लेख भए अनुसार रिलायन्स लाइफ इन्स्यारेन्सले एक अर्ब ७८ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा रिलायबलले दुई अर्ब ८ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

यस्तै, सिटिजन लाइफ इन्स्यारेन्सले तीन अर्ब १४ करोड २ लाख, सानिमा लाइफ इन्स्यारेन्सले एक अर्ब ४८ करोड ५४ लाख, प्रभुले एक अर्ब २२ करोड ५७ लाख, सूर्यज्योति इन्स्यारेन्सले ४ अर्ब ८६ करोड ४९ लाख र महालक्ष्मी लाइफले सबैभन्दा कम ८९ करोड ५१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका