जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

गत फागुन २१ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी चैत १३ गते बाँडफाँट गरेको कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब २० करोड कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको संस्थापक तर्फबाट चुक्ता भएको पुँजी रु. १ अर्ब ५४ करोड रहेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा कम्पनीले शतप्रतिशतभन्दा बढी रु. २ अर्ब २८ करोड ६९ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । शतप्रतिशत कुल बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद नाफा भने ५ दशमलव ८१ प्रतिशतभन्दा बढी रु. ११ करोड ४१ लाख ४२ हजार भएको छ ।

कम्पनीको जगेडा कोष रकम पनि यो वर्ष ६० दशमलव ५८ प्रतिशत बढेर रु. ६० करोड ४ लाख ८७ हजार कायम भएको छ । जीवन बीमा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १४८ दशमलव ९५ प्रतिशतभन्दा बढी रु. ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ७ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रु. १३० दशमलव ३३ रहेको छ । आइतवार कम्पनीको अन्तिम शेयर मूल्य रु. ८५१ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ३१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ३७ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव९४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ८५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८८० मा टेवा पाउनेर महँगिए रु. ८११ मा प्रतिरोध पाउने देखिन्छ ।

6855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका