जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनआईसी एशिया क्यापिटल र कुमारी जबबीच ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

एनआईसी एशिया क्यापिटल र कुमारी जबबीच ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

एनआइसी एशिया क्यापिटल र कुमारी जब प्रा.लि.बीच ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।

सोही सेवा अन्तर्गत कुमारी जब प्रा.लि.लाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक फण्डको व्यवस्था गरिदिने सहित कुमारी जब प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आइपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

साथै, क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

3680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका