जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ।

यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो।

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे।

स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोल्लेका थिए।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधोपचार बीमा, रु. २५ हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

4060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार