जोडिनुहोस
मङ्लबार, चैत्र ४, २०८१
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • बिना प्रष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा १४ जना पक्राउ

बिना प्रष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा १४ जना पक्राउ

बिना प्रिष्क्रिप्सन औषधी किनबेच गरेको आरोपमा ललितपुरबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-४ नख्खुदोबाटोस्थित गोल्डेन गेट पोलिक्लिनिक एन्ड डायबेटिज सेन्टर प्रालिको ‘फार्मेसी युनिट’ नामक पसलबाट १४ जनालाई पक्राउ गरेको एसपी प्रविण पोखरेलले जानकारी दिए।

चिकित्सकको प्रिष्किप्सन बिना बढी मूल्यमा औषधी बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा बुधबार परिसरबाट खटिएको टोलीले निगरानी थालेको थियो। साथै उक्त पसलमा तलासी लिँदा बढी मूल्यमा बिना प्रिष्किप्सन औषधी वितरण गरेको फेला पारेको एसपी पोखरेलले बताए।

प्रहरीले औषधी बिक्री गर्ने व्यक्तिहरू सल्लाघारी बस्ने २६ वर्षीय किशोर विक र कुसुन्ती बस्ने २७ वर्षीय भुवन ताम्राकारलाई पक्राउ गरेको छ।

यस्तै पसलका सञ्चालक लक्ष्मण सुब्बासहित तीन जनामाथि कालोबजारी मुद्दामा अनुसन्‍धान अघि बढाएको छ।

अन्य व्यक्तिहरू औषधी खरिदकर्ताहरू रहेको प्रहरीले जनाएको छ। उनीहरूले औषधी किनेर तीन वटा मिसावट गरी लागुऔषधको रूपमा प्रयोग गर्ने गरेको पाइएको हो।

प्रहरीले पसल र खरिदकर्ताबाट औषधी पनि बरामद गरेको छ। स्पास्पेन, एमडिप, प्रिनुरा, रेभलिन, एटिकार्ड डी, जिपेन, प्रोमिगन, एन्टिकोफ, एमिप, भोमिन २५ लगायत औषधी बरामद गरेको हो।

थप अनुसन्धानका लागि उनीहरूलाई लागु औषधी व्यवस्था विभाग बबरमहलमा पठाएको छ।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका