जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, तीन कार्यदिनभित्रै कर्जा प्रदान गर्ने

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, तीन कार्यदिनभित्रै कर्जा प्रदान गर्ने

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ।

केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरेको छ। यस योजनाअन्तर्गत रु. २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ।

यस योजनाअन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीलाई सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ।

यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्।

2975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका