जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा लाइफ व्यवसाय विस्तारमा आक्रामक, बीमा शुल्क आर्जन १३३ प्रतिशतले बढ्यो

सानिमा लाइफ व्यवसाय विस्तारमा आक्रामक, बीमा शुल्क आर्जन १३३ प्रतिशतले बढ्यो

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत र कुल बीमा शुल्क आर्जन १३४ प्रतिशलते बढाउन सफल भएको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन एक अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यहि अवधिम कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ करोड ९३ लाख रुपैयाँ थियो ।

त्यस्तै मुनाफा पनि २० प्रतिशतले बृद्धि भएको छ । सानिमा लाइफले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । मुनाफामा सुधार सँगै जगेडा कोष १०३ प्रतिशतले बृद्धि भएर २४ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ ।  चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत साता प्राथमिक शेयर निष्काशन गरेर दुई अर्ब पुर्याउन सफल भइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा एक अर्ब ५२ करोड रुपैंयाँ रहेको छ भने शेयरधनीकर्जा तीन करोड ८१ लाख रुपैयाँ मात्रै छ । कम्पनीको व्यवस्थापन खर्च तीन करोड ८१ लाख रुपैयाँ रहेको छ । विभिन्न क्षेत्रमा गरिएको लगानी तथा कर्जा प्रवाहबाट १३ करोड ५१ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । दाबी भुक्तानी १० करोड १३ लाख रुपैयाँ छ ।

7000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका