जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यू-२० महिला एसियन कप : दोस्रो चरणमा चीनसँगै नेपाल समूह बी मा

यू-२० महिला एसियन कप : दोस्रो चरणमा चीनसँगै नेपाल समूह बी मा

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’ मा परेका छन् ।

प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएको हो ।

दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।

पहिलो चरणबाट समूह विजेता बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समूह्यमा विभाजन गरिएको छ । समूह ए मा अष्ट्रेलिया, भियतनामा, इरान र लेवानान छन् ।

दुवै समूहको शीर्ष दुईमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू२० महिला एसिनय कपमा छनोट हुनेछन् । त्यहाँ पुग्न नेपालले आफ्नो समूहमा कम्तीमा दुई खेल जित्नुपर्नेछ ।

दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि १३ सम्म हुनेछ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका