जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ पोलिसी, पेन्सन प्लसको साथै यस्ता छन् अन्य सुविधा

नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ पोलिसी, पेन्सन प्लसको साथै यस्ता छन् अन्य सुविधा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले चैत ९ गते नेपाल लाइफ सुनौलो भविष्य जविन बीमा योजना सार्वजनिक गरेको हो । एक बीमा योजनाबाट दुई सुविधा उपभोग गर्न सकिने व्यवस्थासहित कम्पनीले यो योजना ल्याएको हो ।

यो योजनामा सावधिक जीबन बीमा अग्रिम भुक्तानी तथा आजीवन बीमा मुनाफामा सरिक हुने जस्ता विशेषता रहेको छ । साबधिक जविन बीमा अन्तर्गत न्यूनतम ५ देखि अधिकतम ३५ वर्षसम्मको समय रहेको छ । आजीवन बीमाको हकमा भने न्युनतम १५ देखि ६२ वर्षसम्म जोखिम बहन हुने व्यवस्था रहेको छ ।

यो योजना अन्तर्गत बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै मासिक तलब बचत स्किम अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने छ । यसैगरी एकल बीमाको हकमा भने केवल साविक जीवन बीमा मात्रै यो सुविधामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एक बीमा शुल्क तिर्ने तरिका पेन्सन बीमा गर्नेले भने उपभाग गर्न पाउने छैन ।

न्यूनतम रकम २५ हजारदेखि अधिकतम बीमाङ्क रकम आयस्रोतको अनुसार तय गर्न सकिने छ । यस योजनामा कर्जा लिन सकिने व्यवस्था रहेको छ भने वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ गरेदेखि ३ वर्ष पुराभएपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

साथै यस योजनाअन्तर्गत दुर्घटना बीमा लाभ सुविधा समेत रहेको छ । १८ वर्ष माथिका बीमितले दुर्घटना बीमाको अतिरिक्त शुल्क तिरेर एक करोड सम्मको दुर्घटना बीमाको समेत सुविधा पाउन सक्नेछन् । साथै यस योजना अन्तर्गत १८ वर्षदेखि ७० वर्षसम्मका बीमितले एक करोड रुपैयाँसम्मको असक्तता बीमा सुविधा समेत पाउनेछन् । त्यस्तै, १८ वर्षमाथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको यस योजनाअन्तर्गत घातक रोग बीमाको समेत सुधिवा पाउनेछन् ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?