राष्ट्र बैंकले फेरीपनि क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ ।
सोमबार पाँचौ पटक सूचना जारी गर्दै राष्ट्र बैंकले बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको बताएको हो ।
राष्ट्र बैंकले यसअघि यस विषयमा मिति २०७४/०४/२९, २०७८/०५/२४, २०७८/१०/०९ र २०७९/०४/३० मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो ।
नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ ।
यस्ता कारोबार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले यस्ता कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।