जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा

मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीमध्ये अधिंकाशको स्वाप रेसियो अन्तिम चरणमा

बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिएसँगै पछिल्लो समय बीमा कम्पनीहरूले धमाधम मर्जरको सम्झौता गरेका छन्। बाँकि केही कम्पनीहरुले पनि असारको सुविधा सकिएपनि मर्जरको छलफल चलाईरहेका छन् ।

मर्जर प्रकृयाको पारम्भिक सम्झौतापश्चात् कति कम्पनीहरुले स्वाप रेसियो निर्धारण गरिसकेका छन् भने कतिले डिडिएपश्चात् गर्ने तयारीमा रहेका छन् । समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्तापुँजी वृद्धिको निर्णय गरेको थियो। बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। सम्झौताअनुसार मर्जर सफल भएमा ९ वटा कम्पनीमा झर्ने छन्। अहिले रहेका ४१ कम्पनी मध्ये २३ मा झर्नेछन्। अन्य कम्पनीहरु पनि चुक्तापुँजीको दबाबमा रहेकाले मर्जरमै जाने छन्।

हाल संचालनमा रहेका ३९ कम्पनीमध्ये १७ बीमा कम्पनीहरुले मर्जरमा जानका लागि असार मसान्तमै सम्झौता गर्न सफल भएका छन् । दुईले मर्जर प्रकृया सम्पन्न गरि एकिकृत कारोबार समेत सुचारु गरिसकेका छन् । बीमा कम्पनीहरुले पुँजि वृद्धिको प्रतिवेदन बीमा समितिमा बुझाईसकेका छन् । अधिकाश बीमा कम्पनीहरु मर्जरलाई नै प्राथमिकतामा राखेका छन् । बाँकिले भने पुँजिवृद्धिको योजना पेश गरेका छन् ।

मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेका १९ वटा कम्पनी अब घटेर ९ वटा कम्पनी बन्ने भएका छन्। मर्जर तथा प्राप्तीमा जाने जीवन बीमा कम्पनीमा प्राइम, गुराँस, युनियन, सानिमा, रिलायन्स, सुर्य र ज्योति लाइफ, प्रभु र महालक्ष्मी लाइफ रहेका छन् भने निर्जीवनमा सगरमाथा, लुम्बिनी जनरल, एभरेष्ट, हिमालयन जेनेरल, प्रिमियर, सिद्दार्थ, सानिमा जनरल, जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्स रहेका छन्।

जसमा प्राइम, गुराँस र युनियन मिलेर नयाँ कम्पनी बन्नेछ । नाम र सिईओ फाइनल भइसकेको छैन । सानिमा र रिलायन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन। त्यस्तै सुर्य र ज्योति लाइफले तथा प्रभु र महालक्ष्मी लाइफ पनि एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता गरेका छन्।

त्यस्तै निर्जिवन तर्फ सगरमाथा र लुम्बिनी जनरल, प्रिमियर र सिद्दार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, प्रभु र अजोड़ इन्स्योरेन्सबीच एक आपसमा मर्जर तथा प्राप्तीमा जाने सम्झौता भएको छ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सम्पन्न भइसकेको छ ।

बीमा समितिको निर्देशनसँगै हिमालयन र एभरेष्ट इन्स्योरेन्सले १००ः८५ को स्वाप रेसियोमा मर्जर सम्भौता गरेर पहिलो एकिकृत कारोबार गर्ने कम्पनी बनेको छ। बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई विभिन्न छुट र सुविधा दिने निर्णय गरेको थियो। साउनदेखि मर्जरमा जानेहरुले सुविधा उपयोग गर्न पाउने छैनन्।

गाभिए पश्चात कायम हुने आउने सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ।

त्यस्तै, गाभिने क्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्थासमेत रहेको निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौत सम्पन्न हुनेमात्रै सुविधा पाउने समेत उल्लेख गरिएको छ।

सुविधासँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जाने घोषणा गरेका थिए। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरू मर्जमा जाने सम्झौता गर्न गरिरहेका छन्। जीवन र निर्जीवन बीमा कम्पनीहरू दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको थियो।

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन्। त्यस्तै प्रभु र अजोड इन्स्योरेन्सले पनि १००ः७० को अनुपातमा मर्जर सम्झौता गरेका छन्।
त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने सम्झौता गरिसकेका छन्। दुई कम्पनीबीच डीडीएपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्।
त्यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्यारेन्सले १००ः१०० को अनुपातमा मर्जर सम्झौता गरेका छन्। कम्पनीको स्वाप रेसियो डिडिए पश्चात् समेत अन्तिम रुपमा दिने मर्जरको चरणमा छलफल भईसकेको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बराबरी १००ः१०० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरिसकेका छन्। तरडिडिए गर्दा १० प्रतिशत भन्दा फरक देखिएमा थपघट समेत हुने छ ।
त्यस्तै सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि बराबरी हैसियत १००ः८० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्।

सानिमा जनरल र जनरल इस्योरेन्स कम्पनीले पनि १००ः१०० स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता गरेका छन्। त्यस्तै, मर्जर कमिटिले डिडिए पश्चात् स्वाप रेसियो परिर्वतन हुने सहमतीमा मर्जर सम्झौता भएको छ।
यता युनियन लाइफ र गुराँस लाइफले पनि मर्जर सम्झौता गरेका छन्। दुई बीमा कम्पनीले पनि डीडीए प्रतिवेदनपछि मात्रै स्वाप रेसियो टुंगो लगाउने सम्झौता गरेका छन्। यता सिद्धार्थ र प्रिमियर इस्योरेन्सले पनि १००ः१०० अनुपातमा मर्जरमा जाने सम्झौता गरिरहेका छन्।प्रभु लाइफ र अजोड इन्स्योरेन्सको १००ः ७०को स्वाप रोसियोमा जाने सम्झौता भएको छ ।

2285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका