जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकको नाफा ३ अर्ब २६ करोड

नेपाल बैंकको नाफा ३ अर्ब २६ करोड

नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १० प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको थियो ।

१४ अर्ब ४० करोड चुक्ता पुँजी रहेको बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ५४ करोड गरेको जनाएको छ । यसबाट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

असार मसान्तसम्म बैंकमा १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप तथा कर्जा १ खर्ब ७१ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ६२ अर्ब थियो भने कर्जा १ खर्ब ३५ अर्ब थियो ।

बैंकले गत आर्थिक वर्षमा ब्याज आम्दानीबाट ६ अर्ब ८८ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४२ करोड रुपैयाँ थियो ।

बैंकको पुँजीकोष अनुपात १५.०४ प्रतिशत छ । यस्तै खराब कर्जा अनुपात १.९० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८७.५७ प्रतिशत छ । स्प्रेडदर ४.०८ प्रतिशत छ । अघिल्लो वर्ष ४.३४ प्रतिशत थियो । बैंकको बेसरेट ७.९९ प्रतिशत छ । अघिल्लो वर्ष ५.७३ प्रतिशत थियो ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?