प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो ।
प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो’, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा धन्यवाद व्यक्त गरे ।
विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए । ‘नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ’, संयोजक श्रेष्ठले थपे ।