जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • दुर्गा प्रसाईंको रिटलाई प्राथमिकतामा राख्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंको रिटलाई प्राथमिकतामा राख्न सर्वोच्च अदालतको आदेश

मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको रिटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राख्न आदेश दिएको छ ।

न्यायाधीशहरु कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छुटो टुंग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको हो ।

सर्वोच्च अदालतले मेडिकल कलेजको सम्बन्धन जोडिएको यो रिटलाई अग्राधिकार दिएर ४ चैतमा पेशी तोक्न आदेश दिएको हछ ।
अग्राधिकारको आदेश पाएका मुद्दाहरुको सुनुवाइका लागि छिटो पालो आउछ ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्द प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

लगत्तै फेरि उनले ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध रिट अर्को निवेदन दर्ता गरेका थिए ।

रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि पेश गरेका छन् । कार्की डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न छन् ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका