जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • आईडियल यमुना बहुउद्देश्यी संस्थाद्वारा ८ अर्ब भन्दा बढी ठगी, अध्यक्ष लामाको राजधानीमा ७ वटा घर, अर्बौको जग्गा आफ्न्ताहरुको नाममा, बचतकर्ताहरुको उठिबासः नेपाल प्रहरीको सिआईबीद्वारा छानवीन !

आईडियल यमुना बहुउद्देश्यी संस्थाद्वारा ८ अर्ब भन्दा बढी ठगी, अध्यक्ष लामाको राजधानीमा ७ वटा घर, अर्बौको जग्गा आफ्न्ताहरुको नाममा, बचतकर्ताहरुको उठिबासः नेपाल प्रहरीको सिआईबीद्वारा छानवीन !

बैंकिङ क्षेत्रमा बिग मर्जर जस्तै सहकारीमा पनि ‘बिग मर्जर’ भन्दै निकै तामझामका साथ सात वटा संस्था मर्जर गरेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको बचत दुरुपयोग गरेर सञ्चालक नै फरार भएको विषयले अहिले बचतकर्ता र नियामक सहकारी विभागमा तरंग सिर्जना भएको छ ।
आइडियल यमुना बहुद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, तपाई+ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाले बृहत कार्यक्रमको आयोजना गर्दै बिग मर्जर गरेका थिए । बिग मर्जर पश्चात् आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । मर्जर पश्चात् सहकारी ठूलो बन्ने, जोखिमभार क्षमता पनि वृद्धि हुने, खर्च घट्न गई नाफा बढ्ने अपेक्षा सहकारीका सञ्चालकको थियो ।


तर, मर्जरपछि एकीकृत कारोबार समेत गर्न नसकेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा ठूलो संकट सिर्जना भएको हो । ४७ करोड रुपैयाँ बढी सेयर पुँजी रहेको यस सहकारीको कुल कारोबार ११ अर्ब रुपैयाँ बढी छ भने देशभर ५५ वटा सेवा केन्द्र छन् । ५१ हजार ४८२ जना सदस्यको ८ अर्ब १८ करोड रुपैयाँ बचत यस सहकारीमा छ भने सहकारीले ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीमा समस्या सिर्जना भएसँगै बचतकर्ताको सवा ८ अर्ब बचतसँगै सहकारीको ११ अर्ब ५ करोड रुपैयाँको कुल पुँजी तथा दायित्व पनि जोखिममा परेको छ ।
३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष केबी उप्रेती बेपत्ता भएका छन् । कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए । तर, लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।


सुन्दा पनि डरलाग्ने हेर्दा त घिन लाग्ने काम आईडियल यमूना बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कुयाङ लामा तथा तत्कालीन केबी उप्रेतीले गरेका छन् भन्दा अब फरक पर्दैन । निरिह बचतकर्ताहरुको ८ अर्ब भन्दा बढि पैसा उठाएर राजधानीमै ७ वटा घर बनाएर चमत्कार गरेका अध्यक्ष लामाले आफन्ताहरुको नाममा अर्बौको ५० भन्दा बढि ठाउँमा जग्गा किनेको प्रमाण आर्थिक बजार न्यूज डटकमले प्राप्त गरेको छ । लाखौं बचतकर्ताहरुको अर्बौ बचत ठगी गर्दै अध्यक्ष लामाले १२ वटा शाखामा जम्मा भएको पैसा दुरुपयोग गर्दै अर्बौको सम्पत्ती कुल्याएको खुलेको छ ।

बचतकर्ताहरुलाई तीन महिना भित्र पैसा फिर्ता गर्ने कागज गरेका अध्यक्ष लामा यति बेला सम्पर्क विहिन बनेपछि बचतकर्ताहरुको रुवाबासी नै भएको भेटिएको छ । यति सम्मकी आईडियल यमूना सहकारीमा पूर्व अध्यक्ष लामा तथा तत्कालिन अध्यक्ष केबी उप्रेतीले संस्थाका गार्डहरुको डिपोजिट समेट हिनामिना गरेको भेटिएको छ । भने गार्ड सप्लाई गर्ने कम्पनीहरुको लाखौ तिर्न बाँकी रहेको भेटिएको छ भने बचतकर्ताहरुको अर्बौ रकम ठगी गरेका अध्यक्ष उप्रेती बिरुद्ध प्रहरी र सहकारी विभागमा उजुरीको चाङ्ग छ भन्दा फरक पर्दैन ।

सहकारी विभागले नेपाल प्रहरीको सिआईबीलाई छानवीन गर्न भनेपछि पूर्व अध्यक्ष लामा तथा तत्कालीन अध्यक्ष उप्रेती माथी छानवीन शुरु भएको प्रहरीकै दाबी छ । लामालाई काँग्रेसका केही उच्च नेताहरु तथा उप्रेतीलाई नेकपा एमालेका केही उच्च नेताहरुले संरक्षण गर्दै आएपछि लामा तथा उप्रेतीले बचतकर्ताहरुको अर्बौ रकम ठगी गरेको भेटिएको छ । लामा सम्पर्क विहिन भएपछि प्रहरीले लामा र उप्रेती माथी छानवीन गर्दै आएको एक पीडितले दाबी गरे । आफू बच्न लामाले केपी उप्रेतीलाई संस्थाको अध्यक्ष बनाएर आफू सम्पर्क विहिन बनेको भेटिएको छ ।

लामा र उप्रेतीले बचतकर्ताहरुको पैसाबाट बहिनी सरु लामा, जानुका लामा, भाइ बहिनी नाताको नाममा राखेको भेटिएको छ । अध्यक्ष लामाले अनामनगरमा ४ तल्लाको घर, महाराजगंञ्जमा ३ तल्लाको घर, बौद्ध ५ तल्ले घर, चुच्चेपाटीमा ४ तल्ले घर, आरुबारी मुनी सरु लामा बसेको घर, गंगबुमा, काँडाघारीमा घर बनाएको भेटिएको छ । लामाले आफ्न्ताको नाममा सुकेधारमा १३ आना २ पैसा, बौद्धमा १८ आना १ पैसा, तेलकोटमा १९ रोपनी, साँखु बज्रयोगिनी मन्दिर नजिक १५ रोपनी, लप्सेफेदीमा ३० रोपनी जग्गा खरिद गरेको भेटिएको छ । सचेत भया ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका