जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने ।

सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’

सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने भन्दै उनले विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार रहेको बताए । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ ठूलो मात्रामा विद्युत निर्यात गर्न सकिने उनको भनाइ छ । विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको उनले बताए । उनले उत्पादनसँगै विद्युतको खपतमा पनि त्यत्तिकै सजग हुनु जरुरी रहेको बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्दै घरयासी प्रयोजनमा विद्युत खपत बढाउनु पर्ने उनको तर्क छ ।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका