जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समानुपातिक तर्फका ५५० जनाको उम्मेदवारी रद्ध

समानुपातिक तर्फका ५५० जनाको उम्मेदवारी रद्ध

निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लङ्घनमा जरिवाना नबुझाएका ५५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। समानुपातिक बन्दसूचीमा पेश भएका कूल ६ हजार ४५७ उम्मेदवारमध्ये आयोगले ५५० जनाको उम्मेदवारी रद्द गरेको हो।

आयोगका अनुसार तोकिएको जरिवाना नबुझाएका ३६९ जना, दाबी विरोधको जाँचबुझबाट १७९ र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट जाँचबुझका क्रममा विभिन्न लाभको पदमा रहेका र कालोसूचीमा पुगेका २ गरी ५५० जनाको उम्मेदवारी आयोगले रद्द गरेको हो।

गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाएका उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना समयमा नबुझाएकालाई आयोगले कात्तिक ५ गतेसम्म जरिवाना बुझाउने मौका दिएको थियो। उक्त अवधिमा समेत जरिवाना नतिरेका तर हाल प्रतिनिधि सभा वा प्रदेश सभाको समानुापातिक तर्फको बन्दसूचीमा नाम समावेश भएकाहरुको नाम हटाइएको हो।

आयोगले असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका ५२ जनाको नामावली सूचीबाट हटाएको छ। जसमा प्रतिनिधि सभामा उम्मेदवार रहेका २३ रु प्रदेश सभामा उम्मेदवार रहेका २९ जना रहेका छन्। दोहोरो उम्मेदवारी परेका ६६, महिला–पुरुषको विवरण फरक परेका ३७ जना, सम्बन्धित गाउँ÷नगरमा उम्मेदवार नभएका ६ जना, सम्बन्धित प्रदेशभित्र नामावली नभएका १२ जना र आवश्यक कागजात नपुगेका ६ जनाको नाम पनि आयोगले खारेज गरेको छ।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका