जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • यस्तो छ इसेवा मनि ट्रान्स्फरका विजेताले उपहारमा पाउने घर

यस्तो छ इसेवा मनि ट्रान्स्फरका विजेताले उपहारमा पाउने घर

इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो । यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् ।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।

साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल ६ जेठसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सेवाग्राहीहरू यस अवधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नका लागि यो योजना २ महिना थप गरिएको छ । बम्पर उपहारको छनोट प्रक्रिया १२ जेठ २०८० सम्म सञ्चालन हुने कम्पनीले बताएको छ ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?