Sticky Breaking News
फेरि बैंकिङ्ग प्रणाली घरघरानाकै पोल्टामा, आफै बैंक मालिक, आफै ऋणी, सानालाई कर्जा पाउन नै मुस्किलः राष्ट्र बैंक बेखबर !
नेपालको कानून दैवले जानुन भन्ने उखान यति बेला बैंक र वित्तिय क्षेत्रमा लागु भएको छ । भन्दा फरक पर्दैन । २१ वाणिज्य बैंकहरुमा नेपालका व्यापारिक घरघरानाहरुकै चर्को लगानी छ र उनीहरुले नै कर्जा लिएका छन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । आफै बैंक मालिक, आफै ऋणी बनेर अर्बै अर्ब कर्जा लिएका घरघराना र उसका कम्पनीहरुमा समस्यामा पर्दा नेपालको बैकिङ्ग प्रणाली ध्वस्त हुने प्राय निश्चित देखिन्छ भन्दा फरक पर्दैन । भनिन्छ बैकिङ्ग प्रणालीका ८० प्रतिशत कर्जाको हिस्सा तिनै बैंकका मालिकहरुले चलाएका छन् । तर, राष्ट्र बैंक चुपचाप बसेर सहयोग गरि रहेको छ भन्दा फरक पर्दैन । मर्जर भएर २१ वटा वाणिज्य बैंक बनेसंगै बैकिङ्ग प्रणाली घर घरानाकै मुठ्ठीमा पुगेको त छदैछ यसले गर्दा सानाले कर्जा पाउन फलामको चिउरा सरह भएको छ । भन्दा फरक पर्दैन । आफू बैंक मालिक आर्फ ऋणी भएकै कारण बैंकहरुको खराब कर्जा उच्च पुगेको देखिन्छ । यसको हेक्का राष्ट्र बैंकले राख्ने नि नराख्ने ?
कथा मिठो मात्रै छैन रोचक पनि छ । यो पनि हेरौंः–
पालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरनाको मुठ्ठी भित्र पुगे भन्दा फरक पर्दैन । गर्भनर साब, हेक्का होस् । यसरी बैंकहरु व्यापारिक सीमित घरानाको कब्जामा आइरहँदा कर्जा प्रवाह पनि सोही अनुसार भएको भेटिएको छ ।
यतिबेला नेपालका बैंकहरु धमाधम मर्जरमा जान थालेसँगै बैंकहरु व्यापारिक घरनाको कब्जामा पुगेको देखिन्छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई मर्जरमा जान प्रोत्साहनको नीति लिएपछि बैंकहरू मर्जरमा गएका हुन् । कुनै बेला ३२ वटासम्म वाणिज्य बैंक पुगेको अवस्थामा हालसम्म आइपुग्दा २१ वटामा झरेको छ, भने अझै वाणिज्य बैंकहरु घट्ने क्रममा छन् । पालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरनाको मुठ्ठी भित्र पुगे भन्दा फरक पर्दैन । गर्भनर साब, हेक्का होस् । यसरी बैंकहरु व्यापारिक सीमित घरानाको कब्जामा आइरहँदा कर्जा प्रवाह पनि सोही अनुसार भएको भेटिएको छ । हालसम्म प्रवाह भएका कर्जामध्ये कुल ९० प्रतिशत ऋण ठूला घरघराना र व्यवसायीले लगेको पाइएको भेटिएको छ । मर्जरले बैंकहरु ठूला बनेपनि साना उद्यमीलाई भने अझै कर्जा पाउनै मुस्किल भएको छ । जुन बैंकमा गएपनि तीनै ठूला व्यवसायीको बर्चश्व रहेको छ । पर्याप्त धितो नभएका साना तथा मझौला उद्यमीहरुलाई भने बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउनै मुस्किल छ । गर्भनर साब हेक्का होस् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५२२ अर्ब ४९ करोड (१२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले मात्रै बढेको देखिन्छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको भेटिएको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.७ प्रतिशतले बढेको देखिन्छ ।
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको भेटिएको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.७ प्रतिशतले बढेको देखिन्छ । २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको देखिन्छ । २०७८ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६७.० प्रतिशत र १२.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ५.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले बढेको भेटिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी ऋणको हिस्सा लिनेमा जगदम्बा ग्रुपको रहेको छ । योसँगै एनसीएल, भाटभेटेनी ग्रुप, आइएमई ग्रुप, सीजी ग्रुप, विशाल ग्रुप, पञ्चकन्या ग्रुप, गोल्छा ग्रुप, लक्की ग्रुप, ज्योती ग्रुप, सिइ ग्रुप, एमए डब्लु इन्टरप्राइजेज, सम्राट र उरारका अन्तर्गतका विभिन्न कम्पनीहरु रहेको देखिन्छ । त्यस्तै ग्लोबल हाइड्रो, गोयल गु्रप, जगदम्बा मोर्टस, अग्नी ग्रुप र दुगर्ड ग्रुपको पनि निकै ठूलो हिस्सा छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६४.५ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा ११.२ प्रतिशतले घटेको छ । बैंकहरुको कर्जा प्रवाह बढे पनि साना व्यवसायीहरुले सहज रुपमा कर्जा पाउन सकेका छैनन् । गर्भनर साब हेक्का होस् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी ऋणको हिस्सा लिनेमा जगदम्बा ग्रुपको रहेको छ । योसँगै एनसीएल, भाटभेटेनी ग्रुप, आइएमई ग्रुप, सीजी ग्रुप, विशाल ग्रुप, पञ्चकन्या ग्रुप, गोल्छा ग्रुप, लक्की ग्रुप, ज्योती ग्रुप, सिइ ग्रुप, एमए डब्लु इन्टरप्राइजेज, सम्राट र उरारका अन्तर्गतका विभिन्न कम्पनीहरु रहेको देखिन्छ । त्यस्तै ग्लोबल हाइड्रो, गोयल गु्रप, जगदम्बा मोर्टस, अग्नी ग्रुप र दुगर्ड ग्रुपको पनि निकै ठूलो हिस्सा छ । बैंक तथा वित्तीय संस्था ठूला व्यवसाय र पहुँच वालाकै कब्जामा रहेकाले पनि साना एवं मझौला व्यवसायीले कर्जा पाउनै नसक्ने अवस्थामा रहेको छ भने पाए पनि चर्को व्याजदरमा तिर्नु पर्ने बाध्यता छ । गर्भनर साब । नेपालको बैंकिङ प्रणाली निकै ठूलो दबावमा रहेको एक अध्ययनले समेत देखाएको छ । केही मुठ्ठीभर व्यक्ति र समूहमा मात्रै बैंकहरुले लगानी गरेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेका बेला त्यसलाई सत्य सावित गर्ने गरी अध्ययन रिपोर्ट सार्वजनिक भएको देखिन्छ । गर्भनर साब ।
बैंकिङ कर्जाको गुणस्तर बिग्रिएको भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने सो प्रतिवेदनको निष्कर्ष छ । जसमा लेखिएको छ, ‘यस्तो दबावको संकेत बैंकहरुको खराब कर्जामा देखिन थालेको छ ।’ एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ ।
नेपालको विश्वसनीय क्रेडिट रेटिङ कम्पनीको रुपमा परिचित इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रायः सबैजसो बैंकहरुले केही निश्चित व्यवसायिक घराना र व्यक्तिहरूलाई मात्रै ऋण लगानी गरेका कारण उनीहरू समस्यामा पर्दा बैंकिङ प्रणाली नै अप्ठ्यारोमा पर्ने चिन्ता सो प्रतिवेदनमा उल्लेख गरेको देखिन्छ । बैंकिङ कर्जाको गुणस्तर बिग्रिएको भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने सो प्रतिवेदनको निष्कर्ष छ । जसमा लेखिएको छ, ‘यस्तो दबावको संकेत बैंकहरुको खराब कर्जामा देखिन थालेको छ ।’ एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ । गर्भनर साब हेक्का होस् । इक्राको रिर्पोर्टमा बैंकहरुले ऋण लगानी गर्ने क्रममा गरेका कमजोरी नै बैंकिङ क्षेत्रको ठूलो समस्याको रुपमा औँल्याइएको छ । जसमा ब्याज मात्रै तिर्ने ऋणीलाई समेत ऋण थपिदिने काम बैंकहरुले गरिरहेको, छोटो अवधिका नवीकरणीय ऋण दिएर कतिपय निश्चित व्यापारीलाई सधैँ सहजता उपलब्ध गराएको जस्ता कमजोरीहरू बैंकहरुमा रहेको औँल्याइएको देखिन्छ ।
व्याज मात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्ने जस्ता कमीकमजोरी बैंकहरुले गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैंकहरुको अहिलेको खराब कर्जाको दरलाई हेर्दा आगामी दिनमा पाँच प्रतिशतसम्म पुग्ने अनुमान गर्न अब गाह्रो छैन भन्दा फरक पर्दैन । २१ मध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो । वित्तीय विवरणानुसार कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको देखिन्छ । सिटिजन्स बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।
सीमित व्यापारीको कब्जामा कर्जाको हिस्सा बढ्दा बैंकवित्तको खराब कर्जा समेत बढेको भेटिएको छ । चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको भेटिएको छ । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो । गर्भनर साब हेक्का होस् । चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । बैंकहरुको अहिलेको खराब कर्जाको दरलाई हेर्दा आगामी दिनमा पाँच प्रतिशतसम्म पुग्ने अनुमान गर्न अब गाह्रो छैन भन्दा फरक पर्दैन । २१ मध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो । वित्तीय विवरणानुसार कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको देखिन्छ । सिटिजन्स बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ । हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको भेटिएको छ । कुमारी बैंकको खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ । लक्ष्मी बैंकको खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ । माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको देखिन्छ ।
एनआईसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ । एनएमबि बैंकको खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ ।
नेपाल बैंकको खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ । एनएमबि बैंकको खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो । प्राइम बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.०७ प्रतिशतबाट ३.८८ प्रतिशत पुगेको छ । सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ । नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ । सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको भेटिएको छ ।