जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर मंगलबार सूचीकृत भएको हो।

एसबिआई बैंकको ३९ लाख ९० हजार ५७.८६ कित्ता सेयर थपिएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, फवार्ड माइक्रोफाइनान्सको १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका