जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीको कृषि र हवाई बीमा व्यवसाय ओरालो

निर्जीवन बीमा कम्पनीको कृषि र हवाई बीमा व्यवसाय ओरालो


निर्जीवन बीमा कम्पनीहरुको कृषि बीमा व्यवसाय ओरालो लागेको छ। यो वर्ष फागुन मसान्तसम्म डेढ दर्जन इन्स्योरेन्सले समग्रमा ८.९१ प्रतिशतले व्यवसाय बढाउँदा कृषि तथा पशुपन्छी बीमा पोलिसीबाट १ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। कम्पनीहरुले आर्जन गरेको यो रकम पोहोर सोही अवधिको तुलनामा २५.९ प्रतिशतले कम हो।

कृषि बीमा व्यवसायबाट कम्पनीहरुले गत वर्ष फागुनसम्म १ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ।

यस्तै, हवाई बीमा व्यवसायमा पनि २.९४ प्रतिशतको गिरावट आएको छ। सामुन्द्रिक बीमा सर्वाधिक २५.१९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरुले सामुन्द्रिक बीमाबाट ८ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्।

1865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका