जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी

मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी

सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ। बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेको हो ।

राष्ट्रपती रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रीपरिषद्काे बैठकले मिटरब्याजीको समस्या समाधानका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

तराईबाट ११ दिनसम्मको पैदल यात्राबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ ।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् ।

2525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका