जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेसको पर्व लक्षित योजना : जीवन रायमाझीले जिते ५ तोला सुन

सिटी एक्सप्रेसको पर्व लक्षित योजना : जीवन रायमाझीले जिते ५ तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।

विद्युतीय प्रणालीमार्फत विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने रायमाझीले ५ तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ जितेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ भदौमा चाडपर्व लक्षित ६३ दिने योजना सञ्चालन गरेको थियो । योजनामा लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने समावेश थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जित्न सफल भएको कम्पनीले बताएको छ ।

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका