जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुलाएको छ। बैंकले आजबाट विद्यमान संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ।

तसर्थ सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयबाट पेश गर्न सकिने बैंकले जनाएको छ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने उल्लेख छ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका