जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआईसी एशिया क्यापिटलद्वारा एकै पटक ३ कम्पनीसँग आरटिएस सेवा उपलब्ध गराउने सम्झौता

एनआईसी एशिया क्यापिटलद्वारा एकै पटक ३ कम्पनीसँग आरटिएस सेवा उपलब्ध गराउने सम्झौता

एनआईसी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीसँग शेयर रजिष्ट्रार सेवा (आरटिएस ) उपलब्ध गराउने सम्झौता गरेको छ । कम्पनीले  भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी , दोल्ती पावर कम्पनी र मेन्छियाम हाइड्रोपावर लिमिटेडसंग शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको हो।

उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत यी ३ कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, शेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटलले गर्ने छ ।

क्यापिटलका अनुसार वैशाख २४ गते आइतबारदेखि यी ३ कम्पनीहरुको  शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने छ ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका