जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट

एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेको छ ।

सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले संयुक्त रुपमा व्यक्त गरेका छन् ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाण्डौ उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत्प्रतिशत भाडा(सत्प्रतिशत क्यासब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका