आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् । अध्यक्ष ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।