जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंक भिजा लिडरसिप कन्क्लेभमा सम्मानित

हिमालयन बैंक भिजा लिडरसिप कन्क्लेभमा सम्मानित

हिमालयन बैंक भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा सम्मानित भएको छ। विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवम् भिसा स्वीकार गर्ने एक मात्रै हिमालयन बैंक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ पुरस्कारबाट सम्मानित भएको हो।

भिजा इन्टरनेसनलले गरेको कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरिएको थियो।

बैंकले विगतदेखिनै यो विधामा अवार्ड जित्दै आएको छ। विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पोस तथा इ-कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जनाएको छ।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका