जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबारका दिन काठमाडौं–६ बौद्ध सिमलटार स्थित सिद्धार्थ बुटिक होटलमा उक्त साधारण सधा सम्पन्न भएको हो ।

साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनी महानुभावहरुको स्वयम् उपस्थिति रहेको थियो । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण समेत प्रस्तुत गरेका थिए ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?