जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सीआईबीले भन्यो- ६० किलो सुन ल्याउने समूहले थप ३०२ किलो भित्र्याएको छ

सीआईबीले भन्यो- ६० किलो सुन ल्याउने समूहले थप ३०२ किलो भित्र्याएको छ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन भित्र्याउन समूहले नै थप ३०२ किलो सुन त्यसअघि नै भित्र्याएको दाबी गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानपछि लाजिम्पाटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले यही समूहले पहिला ३०२ किलो र अहिले ६० गरी ३६२ किलो सुन भित्र्याएको पाइएको बताएकी हुन्।

६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार हालसम्म ३२ जना पक्राउ परेका छन् । तीमध्ये २३ नेपाली र ९ विदेशी छन् । अझै १८ जना फरार छन् । उनका अनुसार १४ विदेशी र ४ जना नेपाली रहेका हुन् ।

साउन २ गते राति त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवस्थामा सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । विभागले १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान जिम्मा लगाएको थियो । सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको हो ।

सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको थियो ।

प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् । पहिलो प्राविधिक टिममा ४२ जना रहेको र त्यसले दैनिक १८ घन्टा काम गरेको उनले बताइन् । अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको उनको भनाइ छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?