जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु र महालक्ष्मी लाइफले एकै दिन बोलाए पाँचौ वार्षिक साधारण सभा, यस्ता छन् २२ एजेण्डा

प्रभु र महालक्ष्मी लाइफले एकै दिन बोलाए पाँचौ वार्षिक साधारण सभा, यस्ता छन् २२ एजेण्डा

प्रभु लाइफले र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक साधारण सभा एकै दिन आब्हान गरेका छन् । प्रभु लाइफले जेठ ३ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले जेठ २६ गते, शुक्रवार, लैनचौर ब्याङक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ साधारण सभा गर्ने जनाएको छ । महालक्ष्मी लाइफको पनि जेठ ३ गते बसेको संचालक समितिको बैठले होटल अकामा धुम्बराहीमा विहान ११ बजे गर्ने जनाएको छ ।

प्रभु लाइफको सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७ र ७८ को वासलात, नाफा नोक्सान हिसाब, प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (हालका लेखापरीक्षक श्री पिजेपि एन एण्ड कम्पनी पुनः नियुक्तिका लागि योग्य हुने, कम्पनीको नियमावली अनुसार समूह कका संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद चारको निर्वाचन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७ /७८ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ९.८ प्रतिशत बोनश र बोनस शेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनको निमित्त ०.५१५८ प्रतिशत को नगद लाभांश पारित गर्नेछ । सभाले बोनस शेयर वितरण पश्चात कायमहुने जारी पुँजी तथा चुक्ता पुँजी बराबर जारी पुँजी तथा चुक्ता पुँजी बृद्धी गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ता एन। बि। एस। एम एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सद्वारा तयार गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरि गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

साथै मूल्याङ्गनकर्ता एनबिएस एम एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्स लाई पूर्व सम्झौता बमोजीम उपलब्ध गराएको पारिश्रमीक लाई अनुमोदन गर्ने, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र, सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरूको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच गाभ्ने गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने गाभिने कार्य संग सम्बन्धित प्रचलित कानून, निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू एवं प्रक्रियाहरू पुरा गरि अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरूबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरू तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने र गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पुर्ण कार्यहरू गर्ने लगायतका आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरू तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका सदस्य भई आउनु हुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको साविक सञ्चालक समितिका सदस्यहरूको कार्यकाल जति सुकै बाँकी रहेको भएता पनि गाभ्नेरगाभिने कार्य सम्पन्न भई साविक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरूको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाण्डौमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने उपरोक्त संशोधनहरूमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने, कम्पनी ऐनको दफा बमोजीम आर्थिक वर्ष २०७७ / ७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत भएको खर्चको अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, महालक्ष्मी लाइफको सभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७७ / ७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७ र ७८ को आय व्यय हिसाव नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा एनएफआरएस बमोजिमको वित्तिय विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले लेखा परिक्षण समितिद्वारा सिफारिस भए बमोजिम आ।व। २०७८ / ७९ अवधिका लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि मुल्याङ्कनकर्ता एनबिएसएम एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सद्वारा तयार गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरि गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्वन्धी अन्तिम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरूको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखा परिक्षक र मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्नेछ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड विच गाभ्ने गाभिने प्रयोजनको लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्नेरगाभिने कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशन बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरू एवं प्रक्रियाहरू पुरा गरि अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरूबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरू तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरू गर्ने लगायतका आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरू तोक्ने अधिकार सञ्चालक समितिलाई दिने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको साविक सञ्चालक समितिका सदस्यहरूको कार्यकाल जतिसुकै बाँकी रहेको भएतापनि गाभ्नेरगाभिने कार्य सम्पन्न भई साविक दुवै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरूको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्नेजनाएको छ ।

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका