जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • अजेय सुमार्गीको पासपोर्ट रोक्का

अजेय सुमार्गीको पासपोर्ट रोक्का

सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान खेपिरहेका व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रियालाई अघि बढाउँदै अध्यागमन विभागमा पत्राचार गरेपछि उनको राहदानी रोक्का भएको हो।

विभाग स्रोतका अनुसार सुमार्गीमाथि चलिरहेको अनुसन्धान निष्कर्षमा नपुगेसम्म उनी विदेश जान नपाउन् भन्ने उद्देश्यले राहदानी रोक्का गरिएको हो। सुमार्गीमाथि कर उन्मुक्ति हुने (ट्याक्स हेभन) मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा ठूलो रकम भित्र्याएको गम्भीर आरोप छ। कम्तीमा एक दशक पुराना उजुरीहरूमाथि विभागले अहिले अनुसन्धानलाई तीव्रता दिएको छ।

उनले मुक्तिश्री सिमेन्ट र स्याटेलाइट टेलिकमका नाममा भित्र्याएको वैदेशिक लगानीको विवाद यसअघि सर्वोच्च अदालतसम्म पुगेको थियो। सुरुवाती चरणमा अन्तरिम आदेशमार्फत सर्वोच्चले उक्त रकम नरोक्न आदेश दिए पनि पछि त्यसले निरन्तरता पाउन सकेको थिएन। विभागले अहिले सोही शंकास्पद कारोबार र लगानीका विषयलाई लिएर सुक्ष्म अनुसन्धान गरिरहेको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका