जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रभु बैंककाे २ वटा शाखा थपिए

आर्थिक विशेष

प्रभु बैंककाे २ वटा शाखा थपिए

प्रभु बैंककाे २ वटा शाखा थपिए

प्रभु बैंक लिमिटेडले आप्mना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु  शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबारदेखि एकै साथ २ वटा नयाँ शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको छ । काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहका विच उद्घाटन गरेको हो ।

त्यसैगरी दाङ  जिल्लाको लमही  नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.ले एक समारोहका विच उद्घाटन गरेको हो ।

सञ्चालनमा आएका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीज्यूहरुले उद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने आग्रह गरे ।

यी शाखाहरु समेत गरी बंैकले  हालसम्म १८२ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका