जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई सेवा प्रयोग गरेबापत ८ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था

सिटिजन्स बैंकका ग्राहकलाई सेवा प्रयोग गरेबापत ८ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वयमा ग्राहकहरुका लागि विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराएको छ। बैंकका ग्राहकले नक्सालको आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन्। वी कयेर हेल्थ सेन्टरका सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट उपलब्ध हुने छ।

यसैगरी भद्रकालीको फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन् भने धरानको टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने छन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न डिजिटल कारोबार गर्दा छुटको व्यवस्था मिलाएको हो।

बैंकका देशभरी १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई सेवा दिइरहेको छ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका