जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सामसङको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक, मूल्य कति ?

सामसङको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक, मूल्य कति ?

प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले सोल्टी होटल काठमाण्डौको प्रिभे नेपालमा आयतबार एक कार्यक्रमबीच आफ्ना सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ प्रस्तुत गरेको छ।  सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो। अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भ्युइङ, सेल्फी र आईपीएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए।

‘चार वर्षअघि सामसङले फोल्डेबल स्मार्टफोनअन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो। सामसङले निरनतर रुपमा ग्यालेकसी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छन्। ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किङहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन्’, सामसङ नेपालका निर्देशक स्थापितले भने।

दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ। मेन स्क्रिन शक डिस्पर्सन तहका साथ जडान गरिएको छ। यसका साथै आईपीएक्स८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरु र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ। यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ। जसले बाह्य असरहरुलाई फैलिन दिँदैैन।  यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो। उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडका साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो। जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङहरु मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ। यो ८+ २५६ जीबीमा मात्र उपलब्ध छ र यसको मूल्य रु. १ लाख ३९ हजार ९९९ तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रिनयुक्त अल्टिमेट प्रडक्टिभिटी भएको पावरहाउस 

वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ। यसका साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पफर्मेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड५ कालो र निलो गरी २ प्रकारका आकर्षक रङहरुमा पाइनका साथै १२ जीबी मेमोरीसहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन्। ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जीबीको मूल्य रु. २ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जीबीको मूल्य रु.२ लाख ३९ हजार ९९९ कायम गरिएको छ।

यी मोडलहरुको प्रि–अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ। यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकले रु. २५ हजारसम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन्।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रतिमहिना रु.७ हजारसम्मको न्यूनतम ईएमआई तिरेर फोन किन्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलमा उपलब्ध छ। यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ। सामसङले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि १ वर्षका लागि उपलब्ध गराएको छ।

910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका