जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लाई लाख रुपैयाँ जरिवाना

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लाई लाख रुपैयाँ जरिवाना

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकको बीमा पोलिसी जारी गर्दा बीमा कम्पनीहरुले नैतिकता गुमाउन पुगेका छन् । देशकै ठूलो राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाकमा करोडौं रुपैयाँ बीमा प्रिमियम आउने भएपछि प्राइस कटिङ गरेर बीमा हत्याउने होडबाजी नै चलेको तथ्य बीमा प्राधिकरणले गरेको छानविनको क्रममा भेटिएको छ । सो मुद्दामा हाल बीमा प्राधिकरणबाट अनुसन्धान भइरहेको छ ।

बीमा पोलिसी जारी गर्दा तोकिएको शुल्क लिनुपर्नेमा गैर कानुनी रुपमा शुल्क घटाएर लिई प्राईस कटिङमा संलग्न भएको तथ्य भेटिएपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लाई नियामक बीमा प्राधिकरणले दुई लाख रुपैयाँ जरिवना तिराउने भएको छ ।

प्राधिकरणले सलिकोलाई सम्पत्ति बीमा गर्दा तोकिएको दररेट भन्दा कम शुल्क लिई प्राइस कटिङ गरेको आरोपमा सो जरिवना तिराउने भएको हो । उता, फास्ट ट्रयाकको बीमामा अन्य बीमा कम्पनीहरुले पनि प्राइस कटिङ गरेका थिए । स्रोतका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले कारवाहीको दायरामा ल्याउँदैछ ।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका