जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै मृत्यु दावी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै मृत्यु दावी भुक्तानी

मृत्यु दावीभुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको दोस्रो दिनमा नै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । २०७८ पुष ९ गते प्रभु लाइफ इन्स्योरेन्सको समुन्नती जीवन बीमा गराएका अजयकुमार साहको क्यान्सरका कारण मृत्यु भए पश्चात निजको परिवारलाई एक कार्यक्रमकाबीच दाबीभुक्तानी दिइएको हो।

प्रभु लाइफ इन्स्योरेन्स मलंगवाउप शाखामा एक कार्यक्रमवीच दावी भुक्तानी गरियो । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, उपशाखा प्रमुख संजय श्रेष्ठले मृतक अजय कुमार साहको श्रीमती (इच्छाइएको व्यक्ति)अञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरेका छन् ।

छ लाख रुपौंया बीमाङ्कको जीवनबीमा गराएका दुई किस्ता गरि जम्मा ६१ हजार ६०६ रकम प्रीमियम तिरे पश्चात उनको मृत्यु भएको थियो । सो वापत प्रभु लाइफ इन्स्योरेन्सले बीमितकी श्रीमती (इच्छाइएको व्यक्ति) अञ्जु कुमारी देवीलाई ६ लाख १८ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले प्रभु लाइफले दावी भुक्तानीलाई छिटो छरितो रुपमा प्रवाह गर्न हरदम तयार रहने कुरा प्रष्ट पारे । साथै यसरी जीवनबीमाकम्पनीले चुस्त रुपमादावीभुक्तानीगर्दा प्रभु लाइफ र जीवन बीमाप्रति विश्वास बढ्ने र आम मानिस जीवन बीमा प्रति आकर्षित हुने बताए । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले बताए ।

उपशाखा प्रमुख संजय श्रेष्ठले मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । त्यसैले सबैले आफ्नो परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा गर्नु अपरिहार्य रहेको बताए ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका