जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • साथीको विवाहमा जीवन बीमा उपहार !

साथीको विवाहमा जीवन बीमा उपहार !

महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका थिए । प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । परमेश्वर महतोको विवाह अम्बिका महतोसँग भएको हो । होटल व्यवसायी दुलाहा परमेश्वर महतोे विभिन्न संघ संस्थासँग समेत आवद्ध रहेका छन् ।

1630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका