जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिवम् सिमेन्टका प्रमुख कार्यकारी सिन्हाले गरे राजीनामा

शिवम् सिमेन्टका प्रमुख कार्यकारी सिन्हाले गरे राजीनामा

शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हाले राजीनामा गरेका छन्। उनको राजीनामा कात्तिक २२ गते सञ्चालक समिति बैठकले स्वीकृतसमेत गरिसकेको छ।

सिन्हा भारतीय नागरिक हुन्। उनलाई श्रम विभागको स्वीकृति लिएर प्रमुख कार्यकारी बनाइएको थियो। कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारीसँग उच्च लाभांशको आश गरिएको छ।

‘सिन्हाको कार्यकालमा समग्र लक्ष्य हासिल गरी आम सेयरधनीको अपेक्षा समेत सफलिभूत बनाउने तर्फ सफल हुनु हुनेछ भन्ने विश्वास लिएका छौं,’ वार्षिक प्रतिवेदनमा उल्लेख छ। सिन्हाले गत वर्ष ९३ लाख ७० हजार रुपैयाँ तलब सुविधा लिएका थिए। यसमा नाफाबाट पाइने बोनस जोडिएको छैन।

सिन्हा प्रमुख कार्यकारी अधिकृत भएपछि कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत लाभांश वितरण गरेको छ। कम्पनीले लाभांशबापत एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बाँडेको हो। कम्पनीले गत १६ गते नै साधारणसभा गरिसकेको छ। 

4510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका