जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • Ncell एफएनसीसीआइ अध्यक्ष ढकालले भने- भएका युवा कामलाई विदेश जानुपर्छ, यहाँका उद्योगलाई मान्छे छैनन्

Ncell एफएनसीसीआइ अध्यक्ष ढकालले भने- भएका युवा कामलाई विदेश जानुपर्छ, यहाँका उद्योगलाई मान्छे छैनन्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भएको युवा जनशक्ति कामका लागि विदेश जानुपर्ने तर, स्वदेशी उद्योगहरुमा भने मान्छे नपाउने अवस्था रहेको बताएका छन्।

महासंघले काठमाडौंमा आयोजना गरेको जब फेयर २०२३ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस मेलाले काम खोज्ने र दिने दुवैलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगारी दिने भूमिका निजी क्षेत्रको भएको भन्दै यसका लागि वातावरण बनाउने काम सरकारको भएको बताएका छन्।

उनले व्यवसायिक सीप विकास नीति आवश्यक रहेको बताउँदै स्किल ग्याप विश्लेषण गर्न आवश्यक भएका बताए। सरकारले दिएको तालिम निजी क्षेत्रले प्रदान गर्ने रोजगारका लागि उपयुक्त छ वा छैन भन्नेमा अन्योल रहेको भन्दै उनले यसका लागि निजी क्षेत्र र सरकार मिलेर तालिम दिनुपर्ने बताए।

मेला वीरगंज र बुटवलमा आयोजना भएपछि काठमाडौंमा हुन लागेको हो।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका