जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु, म्यानमारबाट उद्दार गरिएका २६ जना वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो..?

अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु, म्यानमारबाट उद्दार गरिएका २६ जना वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो..?

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले बताए ।कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो । सरकारले शुक्रबार म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न सकेन ।नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए पनि अब कम्तिमा तीन बजेसम्म विमान आउन नसक्ने भएको सीसीएमसीका एक अधिकारीले बताए । उनले भने, ‘अन्तिम समयमा हवाई भाडाबारे केही असमझदारी भएको थियो, त्यसैले ढिलाइ भयो ।’यूएईबाट आउने अधिकांशको कोरोना परीक्षण भइसकेको छैन । त्यसैले अवस्था अनुसार उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी छ ।

होटल क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा त्यसका लागि पनि नेपाली सेनाले संयोजन गर्नेछ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।होल्डिङ सेन्टरमा बढीमा एक दिनसम्म राकेर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ । विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसलाई तयार गरिएको छ । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ ।

उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ ।

10575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका