जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • युनाइटेड अजोडको सिइओमा श्रवण कुमार रावललाई नियुक्ति गर्न प्राधिकरणले दियो स्वीकृति

युनाइटेड अजोडको सिइओमा श्रवण कुमार रावललाई नियुक्ति गर्न प्राधिकरणले दियो स्वीकृति

नेपाल बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीको सञ्चालक समितिले रावललाई नियुक्ति गरेर अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो ।

कम्पनीले नियुक्ति गर्ने निर्णयलाई प्राधिकरणले स्वीकृति प्रदान गरे सँगै अव उनले औपचारिक रुपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पाउने छन् ।

संयुक्त मर्जर समितिले मर्जर अगाडी नै रावललाई नियुक्तिका लागि सिफारिस गरेको थियो । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । प्रुडेन्सियल र आइएमई जनरल मर्जर पश्चात रावल बाहिरिएका थिए ।

मर्जरमा गएका कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई संस्थागत सुशासन निर्देशिका बमोजिम कुलिङ पिरियड लागु नहुने व्यवस्थाका कारण उनि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न योग्य भएका हुन् ।

रावल २०७८ पुस २० गते प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रावलले आईजीसँगको मर्जरपछि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । एक पद घटुवा भए पछि उनले युनाइटेड अजोडमा जाने निर्णय गरेका हुन् ।

रावल प्रुडेन्सियलमा काम गर्नु भन्दा अगाडी सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका रावलले प्रुडेन्सियल, सगरमाथा, नेको लगायतमा काम गरिसकेका छन् ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका