जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन,

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन,

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित कुल १०.३१ प्रतिशत लाभांश अनुमोदन भएको छ।

काठमाण्डौमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा भएको सभाले ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) अनुमोदन गरेको हो। सभाले संस्थापक समूहका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।

यसैगरी कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण सेयरधनीहरुका तर्फबाट चौंथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आएका छन्।

सभाले अध्यक्ष अमात्यबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ।

साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ। यसका साथै मर्जरपछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ राख्न पनि स्वीकृति प्रदान गरेको छ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका