जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


आर्थिक विशेष

बजारमा घट्यो गहनाको माग

बजारमा घट्यो गहनाको माग

भाउ महँगिंदै गएपछि सुन बैंकमा स्टक बस्न थालेको छ। केही दिनयता सुनको मूल्य निरन्तरजसो बढेर तोलाकै एक लाख ८० हजार नजिक पुगेकाले तथा चैत विवाहको समय पनि नभएकाले मागमा कमी आएको छ।

फागुनमा बिहेको लगनका कारण सुन खपत बढेकामा अहिले स्टक बढेको छ। चैत लागेपछि बजारमा सुनको मागमा कमी आएकाले बैंकमा स्टक बढेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। एसोसिएसनका अनुसार हाल बैंकमा १७३ केजी सुन स्टक छ। त्यसमध्ये १०३ केजी उपत्यका बाहिर र ७० केजी उपत्यकाका लागि आयात गरिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश रत्न शाक्यले भाउ वृद्धि र अफसिजनले बजारमा सुनको माग घटेको बताए। ‘यतिखेर अफसिजन हो। भाउ पनि महँगो छ। त्यही कारण सुन बैंकमा स्टक बसेको हो,’ उनले भने, ‘वैशाखमा विवाहको लगन भएकाले माग बढ्छ। तर, भाउले पनि कारोबार तय हुन्छ।’

उनका अनुसार अहिले गहना बेच्नेहरु बढेका छन्।

1885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका