जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • डिजिटल कारोबार निरन्तर बढ्दो

डिजिटल कारोबार निरन्तर बढ्दो

नेपालमा पछिल्लो समय डिजिटल कारोबारले फट्को मारेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वालेट प्रयोगकर्ताको संख्या गत आ.वको तुलनामा चालु आ.वको कात्तिक मसान्त सम्ममा प्रयोगकर्ताको संख्या ह्वातै बढेको छ ।

जसमा वालेट प्रयोगकर्ता गत आ.वको कात्तिक मसान्त सम्ममा १ करोड २३ लाख ९ सय ७ जना प्रयोगकर्ता रहेकोमा चालु आ.वको कात्तिक मसान्त सम्ममा वालेट प्रयोग गर्नेको संख्या वृद्धि भई १ करोड ५१ लाख ३३ हजार ७ सय ३५ जना प्रयोगकर्ता रहेको छ ।

वालेट मार्फत कारोबार १७ अर्ब २२ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ भने गत आर्थिक बषको कात्तिक मसान्तमा १६ अर्ब ५६ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको थियो ।

वालेट मार्फत भएको कारोबार संख्या गत आ.वको कात्तिक मसान्तमा कुल १ करोड ३ लाख ३० हजार ८ सय ४ पटक वालेट मार्फत कारोबार भएको थियो भने चालु आ.वमा १ करोड ५५ लाख १९ हजार ७ सय ४३ पटक वालेट मार्फत कारोबार भएको छ ।

त्यस्तै, डेबिट कार्डको प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्तमा सम्ममा १ करोड १७ लाख ३८ हजार ९ सय ७३ जनाले डेविट कार्ड प्रयोगकर्ता रहेकोमा छ भने, गत आ.वको सोही महिनामा ९५ लाख ६५ हजार २४ जना डेविट कार्ड प्रयोगकर्ता रहेका थिए ।

जसमा डेविट कार्ड मार्फत चालु आ.वको कात्तिक मसान्त सम्ममा ८१ अर्ब ८ करोड ४८ लाख रुपैंया बराबारको कारोबार भएको छ भने गत आ.वको सोही अवधीमा ६६ अर्ब २९ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको थियो । चालु आ.व कात्तिक मसान्त सम्ममा ९९ लाख ९४ हजार ३ सय ४१ पटक कार्डको प्रयोग गरी कारोबार गरिएको छ ।

इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आ.वको कात्तिक मसान्त सम्ममा १७ लाख ५० हजार ९ सय ३६ जना रहेको छ । जसमा इन्टरनेट बैंकिङ्ग बाट कारोबार ११ अर्ब ७ करोड ७० लाख रुपैंया बराबरको कारोबार यस वर्षमा भएको छ ।

मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १९ करोड ४० लाख ३ हजार ७ सय ८० छन् भने यस बाट कारोबार भएको रकम १ खर्ब ६२ अर्ब १३ करोड ७ लाख रुपैंया बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?