जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ज्योति क्यापिटलको संचालकमा उप्रेती नियुक्त

ज्योति क्यापिटलको संचालकमा उप्रेती नियुक्त

ज्योति क्यापिटल लिमिटेडको संचालकमा अविनास उप्रेती नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त कम्पनीको रिक्त रहेको पदमा उप्रेतीलाई नियुक्त गरेको हो ।

उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएक हुन् । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती जेठ २९ देखि लागु हुनेगरी क्यापिटलको सञ्चालकमा चयन भएक हुन् ।

नव–नियुक्त सञ्चालक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?