जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर


समाचार

लाभाशं हराउला है !

लाभाशं हराउला है !

नेपालका २७ वाणिज्य बैंक मध्य १० वटा बैंकले लगानीकर्ताहरुको पाकेको नगद लाभाशं शेयरधनीहरुको बैंक खातामा राखीदिएको जनाएको छ । बोनस शेयर भन्ने अझै डिम्याट खातामा आएको छैन । २७ वाणिज्य बैंक मध्ये ३ वटा बैंक कृषि विकास बैंक, एनसीसी बैंक र सेन्चुरी कर्मशियल बैंकले भने लाभाशं घोषणा अझै गरेको देखिदैन । यी बैंक मध्ये एनसीसी र सेञ्चुरी बैंक केही कम नाफा कमाउने बैंकको सूचिमा छन् । कुमारी बैंक र प्रभु बैंकले बोनस शेयर घोषणा गरेका छन् भने मेगा बैंकले पुँजी प्राप्त भएकै कारण नगद लाभाशं वितरणमा जोड दिएको देखिन्छ ।

सिटिजन्स, माछापुच्छ्रे, कुमारी, बैंक अफ काठमाण्डू, एनआईसी एसिया, सानिमा, सिद्धार्थ, सन्राइज, ग्लोबल आइएमई, जनता, मेगा र प्रभु गरी १२ वाणिज्य बैंकले वार्षिक साधारणसभा गरिसकेका छन् । सिटिजन्स बैंकले शेयरधनीको खातामा नगद लाभांश राखिदिन पुग्यो । उक्त बैंकले दशैं अघि नै वार्षिक साधारणसभा गरेर १२ प्रतिशत नगद शेयरधनीको बैंक खातामा राखिदिएको छ । माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, एनआइसी एसिया र सानिमा बैंकले तिहार अघि नै शेयरधनीको बैंक खातामा नगद लाभाश राखिदिएको छ ।

माछापुच्छ्रे बैंकले ११ प्रतिशत, बैंक अफ काठमाण्डूले ११ प्रतिशत, एनआईसी एसिया र सानिमाले ११.०५, ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेका थिए । सिद्धार्थले १५.२६ प्रतिशत, सनराइज बैंकले ५.८ प्रतिशत, ग्लोबल आइएमईले १२.७५ प्रतिशत, जनताले ६ प्रतिशत र मेगा बैंकले ११.७५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेका छन् । उनीहरुले वितरण गरेको बोनस शेयर भने लगानीकर्तालाई पठाइसकेका छैनन् । सिद्धार्थले १० प्रतिशत, सनराइजले १० प्रतिशत, ग्लोबल आइएमईले १२.७५ प्रतिशत, जनताले ६ प्रतिशत र प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेका छन् र चाडै शेयरधनीका खातामा पठाउने बताएका छन् ।

8835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?